New Track your fitness & business in one place – Newsepati now with Customer Portal.
Explore

निर्वाचन पर्यवेक्षक संस्थाहरूको निष्कर्ष : आचारसंहिता उल्लङ्घनका घटनामा कारबाही भएन

काठमाडैं । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले प्रतिनिधि सभाको चुनावमा आचारसंहिता उल्लङ्घनका घटना अत्यधिक भएको निष्कर्ष निकालेका छन् । निर्वाचन आ...

निर्वाचन पर्यवेक्षक संस्थाहरूको निष्कर्ष : आचारसंहिता उल्लङ्घनका घटनामा कारबाही भएन

काठमाडैं । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले प्रतिनिधि सभाको चुनावमा आचारसंहिता उल्लङ्घनका घटना अत्यधिक भएको निष्कर्ष निकालेका छन् । निर्वाचन आयोगले चुनाव तयारीमा प्रभावकारी कार्यसम्पादन गरेको भए पनि आचारसंहिता कार्यान्वयनमा चुकेको आरोप लगाएका हुन् ।

यो चुनावमा डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनका घटना बढी भएको पनि प्रतिवेदनमा उल्लेख छ । सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोष्ट, गाली गलौज, सार्वजनिक मर्यादा विपरितका अभिव्यक्ति मिथ्या र भ्रामक सूचनाको प्रवाह बढेको छ ।

आम निर्वाचन पर्यवेक्षण समिति (जीओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपाल लगायत संस्थाहरुले आज पत्रकार सम्मेलन गरी राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार, सामाजिक अभियन्ता लगायतबाट भएको आचारसंहिता उलङ्घनका घटनामा आयोगले समयमै निगरानी र नियमन गर्न नसकेको दाबी गरेका हुन् ।

जीओकका महासचिव कृष्णमान प्रधानले पर्यवेक्षण संस्थाहरुलाई राजनीतिक दल र उम्मेदवारले आचासंहीताको सही रूपमा पालना गर्छन् भन्ने विश्वास अझै नरहेको बताए । निर्वाचन आयोगप्रति पनि आम नागरिकको विश्वास पूर्ण रूपमा हुन नसकेको जिकिर गरे ।

दल दर्ता, मुद्दा दर्ता र आचारसंहीता पालना गर्ने काममा आयोगले स्पष्टीकरण मात्रै सोधेर बस्ने नभइ कारबाही हुन्छ भन्ने विश्वास अहिले मतदातालाई र आम नागरिकलाई दिनसक्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

आचारसंहीता उल्लङ्घन भए निर्वाचन आयोगले उम्मेदवारी रद्ध गर्दछ, जितिसकेपछि पनि परिणाम रद्ध गर्छ भन्ने विश्वास दिलाउन नसकेको बताए । निर्वाचन पर्यवेक्षकलाई परिचय पत्र बनाउने काममा पनि आयोगले सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पर्यवेक्षण गर्ने संस्थाहरुले निर्वाचनको निष्पक्षता र स्वच्छताका लागि चुनाव अघि र मतदानको समयमा आचारसंहिताको पूर्ण पालना हुनुपर्ने तर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।