काठमाडौं ।

सरकारले ग्यास अभावको समस्या समाधानका लागि पहल नगरेको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा दाउरामा खाना पकाएका छन् ।

बजारमा ग्यास अभावको समस्याको समाधानका लागि सरकारमाथि दबाब बढाउन अखिल ९क्रान्तीकारी०मा आबद्ध विद्यार्थीहरुले क्याम्पस गेटमा दाउराको चुल्होमा खाना पकाएर खाएका हुन् । विद्यार्थी नेता निरज श्रेष्ठले सरकारले ग्यास आपूर्तिको लागि पहल नगरेको कारण दुई हप्तादेखि घरमा खाना पकाउननसकेको बताउनुभयो । उहाँले सरकारले ग्यास नभए खानाको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।

उहाँले सरकार नागरिक र व्यापारी दुवैसँग दमनकारी व्यवहार गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले व्यापारीहरुसँग प्रभावकारी सनमन्वय गरेर सरकारले नागरिकलाई ग्यास वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजजारमा भइरहेको कालोबजारी रोक्नुपर्नेमा समेत जोड दिनुभयो ।