काठमाडौं प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आक्रोस समेत व्यक्त गर्नुभयो । सचेतक राईले सदनको सम्पत्तिको रुपमा रहेको कुनै पनि विधेयकलाई सरकारले हेरफेर गर्न वा सच्याउने काम गर्न संवैधानिक हिसाबले पनि नमिल्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सचेतक राईले अर्थमन्त्री वाग्लेलाई कसैको इशारामा लागेर करको दर फेरबदल गर्ने छुट नरहेको पनि बताउनुभयो ।