काठमाडौं ।
बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
ट्रयाक खुलेसँगै बिहीबारदेखि उक्त सडक खण्डमा सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने छन ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले ड्रोनबाट खिचिएको कृष्णभीरको पछिल्लो दृश्य सार्वजनिक गर्दै ट्रयाक खोल्ने काम सकिएको जानकारी गराएको छ ।
भदौ १४ गतेदेखि सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा खाद्यान्न, एलपी ग्यास तथा इन्धन आपूर्तिमा समस्या परेको थियो। ट्रयाक खुलेसँगै अब आपूर्ति व्यवस्था सहज हुने अपेक्षा गरिएको छ ।