काठमाडौं । आर्थिक विधेयक प्रतिनिधिसभाबाट पारित  भएको छ ।


आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०८३ पारित गरियोस् भन्ने प्रस्ताव सभामा बहुमतले स्वीकृत भएको हो । अर्थमन्त्री वाग्लेले त्यसअघि विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

अर्थमन्त्री वाग्लेले पुँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने दाबी गर्नुभएको छ । सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट अर्थमन्त्रीको भनाई छ ।


अर्थमन्त्री वाग्लmे राइड सेयरिङको कारोबार अर्बौ रुपैयाँका रहेका उल्लेख गर्दै त्यसलाई करको दायरामा ल्याउन सरकारले आवश्यक नीति बनाउने जानकारी गराउनुभएको छ ।