काठमाडौं ।
त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा प्रदायक संस्था र तालिम प्रदायक प्रतिष्ठानहरूबीचको सुमधुर सहकार्यले मात्रै मुलुकको प्रशासनिक क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभएको छ ।
ललितपुरमा आयोजित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राज्ञिक ज्ञान र व्यावहारिक व्यवस्थापनको तालमेल आजको आवश्यकता भएको बताउनुभएको हो ।
उपकुलपति डा.थापाले आफू एउटा प्राज्ञिक वातावरणबाट प्रशासनिक जटिलता बोकेको विश्वविद्यालयमा पुगेको प्रसंग उल्लेख गर्दै व्यवस्थापकीय कौशलको अभावमा ठूला संस्थाहरूमा पनि समस्या देखिने गरेको बताउनु भयो डा. थापाले त्रिभुवन विश्वविद्यालय र अन्य तालिम प्रतिष्ठानहरूलाई एकीकृत ढाँचामा जोडेर लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।