काठमाडौं नेकपा एमालेको पार्टी सदस्यता अब पूर्ण रुपमा डिजिटल बनाइने भएको छ ।
एमालेले व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । एमालेको आइतबार बसेको बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक भानुभक्त ढकालले जानकारी दिनुभएको छ ।
सङ्गठन विभाग संयोजक ढकालका अनुसार पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा भएकोले बैठकले पार्टी सदस्यता डिजिटल बनाउने निर्णय गरेको हो ।
बैठकमा पार्टी सदस्यता डिजिटल बनाउन प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको छ । एमालेको पछिल्लो संगठनात्मक प्रतिवेदन संगठित सदस्य ६ लाख ६२ हजार नौ सय ६१ जना रहेका छन् । संगठित सदस्य १०औं महाधिवेशनपछि ३० प्रतिशतले बढेको एमालेले जनाएको छ ।