काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमार्थी चौतर्फी घेराबन्दी रहेको बताउनुभएको छ ।
पार्टी कार्यलय च्यासलमा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीमाथी भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगत केही वर्ष अगाडीदेखी नै एमालेमाथी घेराबन्दी हुँदै आएको बताउनु भयो । आगामी निर्वाचनमा पनि एमालको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने बताउनु भयो ।
एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी शुरु हुन लागेको उहाँको आरोप छ । २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताउनु भयो । २०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उहाँको भनाइ छ ।
त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताउनु भयो । उहाँले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाउनु भयो । उहाँले पार्टीभित्र कै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताउनु भयो ।