काठमाडौं ।

नेकपा एमालेको कार्यकर्ता राष्ट्रिय भेला आउने संसिर २ र ३ गते काठमाडौं हुने भएको छ ।

भेलाको तयारीका लागि मंगलवार एमालेको उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता तथा पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहितको बैठक बसेको थियो । पार्टीका उपत्यकाका कमिटी तथा जनसंगठनका नेताहरू सहभागी बैठकले कार्यकर्ताहरुको राष्ट्रिय भेलाको मिति र स्थान किटान गरेको हो ।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने सङ्गठन विभाग प्रमुख भानुभक्त ढकाल ढकालले जानकारी दिनुभएको छ ।

एमालेको यसअघि असोज २२ देखि २५ गतेसम्म भएको स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र कार्यकर्ता राष्ट्रिय भेला आयोजना लगायतका निर्णय गरेको गरेको हो ।