काठमाडौं ।

६ महिनाको अन्तरालमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी केपी शर्मा ओलीको चर्को आलोचना भएको छ ।

ललितपुर सोमवारदेखि शुरु भएको बैठक पार्टीको विधि विपरीत अध्यक्ष ओलीले आफ्नै संचालन गर्नुभएको छ । एमालेको २०८२ भदौमा भएको एमालेको दोस्रो विधान महाधिवेशनबाट पारित संशोधित विधानमा बैठक चलाउने अधिकार अध्यक्षलाई दिइएको छ । ओलीले यसको अभ्यास ओलीले बैठक आफै संचालन गर्नुभएको हो । बैठकमा बोल्न समेत अध्यक्षको अनुमति लिनुपर्ने र ओली भनेपछि रोकिनुपर्ने बनाइएपछि केन्द्रीय सदस्यहरुले त्यसप्रति आपत्ति जनाएका छन् ।बैठक पार्टी महासचिवलाई संचालन गर्न नदिएर ओली आफैले गरेपछि केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलाई काहीँ नभएको जात्रा यहीँ मात्रै भएको भन्दै आक्रोशित व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले बैठकमा आफ्नो कार्यशलीविरुद्ध धारणा राख्न चाहनेहरुलाई कडाइ तथा बन्देज गर्न खोजेपछि रघुजी पन्त र विष्णु रिमाल लगायतका नेताहरु समेत असन्तुष्टि व्यक्त गर्नुभएको छ । बैठकमा पार्टी पुनर्गठनबारे उपाध्यक्ष रामबहादुर थापा ‘बादल र महासचिव पोखरेल र नेता प्रदिप ज्ञवालीले छुट्टाछुट्टै प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई मोबाइल लग्न निषेध गरिएको छ । पहिलो दिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । ओलीले १५ बुँदे संगठनात्मक कार्यदिशा अघि सार्दै स्पष्ट योजना र जनविश्वासबाट एमाले फेरि उठ्ने दाबी गर्नुभएको छ ।

बैठकमा सहभागीहरुका अनुसार केन्द्रीय सदस्य कर्ण थापाले आफूले पनि राजनीतिक प्रतिवेदन बनाएको भन्दै पेश गर्न अनुमति माग्नु भएको थियो तर ओली ‘त्यो म हेर्छु तपाईँ अहिले बस्नुस्’ भन्दै त्यसलाई पन्छाइदिनुभएको छ । ओलीले आफूलाई पार्टीबाट विस्थापन गर्ने मनसायले ‘पुनर्गठन’ को बेमौसमी बाजा बजाइएको भन्दै त्यस सम्बन्धी सबै प्रतिवेदन खारेज गरिएको घोषण गर्नुभएको छ । यद्यपि बैठकको लागि पेश गरिएको प्रतिवेदनप्रति औपचारिक रुपमा छलफल भने मंगलबार हुने भएको छ ।