काठमाडौं नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न उठाउनुभएको हो । नेता थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाउनुभएको छ ।
नेता थापाले रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताउनुभयो ।