काठमाडौं   पूर्वमन्त्री पद्मा अर्याल नेकपा एमाले संसदीय दलको उपनेता बन्नुभएको छ ।

एमाले सचिव अर्याललाई संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले उपनेतामा मनोनित गर्नुभएको हो ।

 विभिन्न पटक संसदमा भूमिका निर्वाह गरिसक्नुभएकी अर्याल प्रतिनिधिसभामा समानुपातिक सांसद हुनुहुन्छ । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी २५ सांसद रहेको एमालेले यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानीलाई मनोनित गरिसकेको छ