काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता बन्नुभएको छ ।

एमाले सांसदहरुको बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको हो । संसदीय दलको नेता बन्न युवा सांसद सुहाङ नेम्वाङले पनि निकै कोशिस गर्नुभएको थियो । तर अन्तिममा नेम्वाङलाई सुझाइबुझाई गरी दलको नेता सर्वसम्मत रुपमा बादललाई बनाइएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभएको छ । प्रतिनिधिसभामा एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी २५ सांसद छन् ।