काठमाडौं २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड वैशाख महिनाभित्र एसइई नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा बोर्डले आइतबार सूचना जारी गरी नतिजा प्राप्त गर्न वा हेर्न सक्ने माध्यमको सूची सार्वजनिक गरेको छ । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।
२०८२ सालको एसइई गएको चैत १९ गतेदेखि २९ गतेसम्म लिइएको थियो । गएको शैक्षिक सत्रमा पाँच् लाख १२ हजार चार सय २१ जना विद्यार्थीले इसइइ दिएका छन् ।