काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताउनुभएको छ । रोल...
पूर्वउपप्रधानमन्त्री रावलले सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा सीमाको रक्षा र जन सुरक्षाको कर्तव्यबाट च्युत भएकै दिन सरकारको औचित्य समाप्त हुने तर्क गर्नुभएको छ । पूर्व संविधानले नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्रले असमान सन्धि नगर्ने व्यवस्था गरेको स्मरण गराउँदै त्यस्ता सन्धि खारेज गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा नेता रावलले सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानूनी कारबाही गर्नुपर्नेमा आफू सहमत रहेको तर भूमिहीन, श्रमजीवी र विपन्न नागरिकलाई विकल्प नदिई उठीबास लगाउन नहुने धारणा व्यक्त गर्नुभएको छ ।
पूर्वउपप्रधानमन्त्री रावलले माथिल्लो कर्णाली र महाकाली सन्धि असमान रहेको जनाउँदै त्यसलाई बदर गर्नुपर्ने बताउनुभएको छ ।