काठमाडौं नेपाली कांग्रेसमा शेरबहादुर देउवा पक्षले पार्टी एकताको वातावरण बिग्रँदै गएको ठहर गर्दै तत्काल महासमिति बैठक बोलाउन माग गरेको छ । रोल...
देउवा पक्षको बुधबार भएको बागमती प्रदेश स्तरीय भेलाले कांग्रेसको पछिल्लो अवस्थाबारे चिन्ता गर्दै ९ बुँदे निष्कर्ष निकालेको हो।
भेलाले १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न सहमतिको साझा संयन्त्र निर्माण गर्न माग गरेको छ। देउवा पक्षले मनोमानी ढङ्गले विधान संशोधन कदापि स्वीकार्य विषय हुन नसक्ने अडान राखेको छ। देउवा पक्षका का नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिनुभएको छ ।
पूर्वमन्त्री बस्नेतले पार्टी नेतृत्वको आलोचना गर्दै विभिन्न पटक प्रतिनिधिसभा निर्वाचन हारेहरूले पार्टी कमजोर भएको टिप्पणी गर्नुभयो ।