काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्नुभएको छ । 

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका निधिले बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको स्मरण गराउँदै विभाजनको दोष अहिले मूलधारको नेतृत्व गरिहनुभएका गगनकुमार थापालाई लगाउनुभएको छ ।

निधिले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति रहेको स्मरण गराउँदै बहुमतले मात्रै पार्टी नचल्ने तर्क गर्नुभएको छ । पूर्वउपसभापति निधि आफूहरु अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको समेत प्रष्ट्याउनु भएको छ । 

पूर्वउपसभापति निधिले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ताहरूलाई वार्ड तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिनुभएको छ ।