काठमाडौं ।
नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५ औं महाधिवेशन बेग्लै रुपमा गर्ने भएको छ । संस्थापन पक्षको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा देउवा समूह त्यसप्रति विमति जनाउँदै बेग्लै तयारीमा जुटेको हो । संस्थापन पक्षले १५ औ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्दैछ । संस्थापन पक्षले अहिले महाधिवेशनको तयारीमा जोडदार रुपमा लागिरहेको छ ।
उता देउवा समूहले पनि संस्थापनले आफ्ना माग सुनुवाइ नगरेको भन्दै महाधिवेशन बेग्लै रुपमा गर्न लागेको । देउपा पक्ष महाधिवेशन मंङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा कार्यतालिकासहित जुटेको छ । देउवा समूहले आउने बिहीबारदेखि वडा अधिवेशन थाल्ने भएको छ ।
त्यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको देउवा पक्षले जनाएको छ । वडा अधिवेशन थाल्ने देउवा पक्षले संस्थापनकै सूचीको आधारमा क्रियाशील सदस्य तयार पारेको छ । क्रियाशील सदस्य ७ लाख ८३ हजार आठ ३६ रहेको देउवा पक्षले जनाएको छ । देउवा पक्ष १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको जारी महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
देउवा पक्षले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै आएको छ ।