काठमाडौं ।
काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ राखिएका सुकुम्बासीहरुको बिचल्ली भएको छ ।
अविरल वर्षाको कारण बागमती नदीको बहाव बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित सुकुम्बासी होल्डिङ सेन्टर शुक्रबार रातिदेखि डुबानमा परेको ह। ो होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर सुकुम्बासीका केही सामान बाहिर निकालेका छन् । लत्ताकपडासहित अधिकांश घरायसी सामग्री भने पानीले भिजेर कामै नलाग्ने भएको । राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्न पाएनन् । सुरक्षाकर्मीहरु उद्धारको लागि ढिलो आइपुगेको सुकुम्बासीहरूको गुनासो छ ।
डुबानपछि होल्डिङ सेन्टरमा रहेका एक सय ५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सारिएको छ । अन्य ६ जना आफन्त कहाँ बस्न गएका छन् । ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित पारिएको छ ।
सरकारले संवेदनशील भएर समस्या समाधान नगरे सुकुम्बासीहरुको स्थिति अझ भयावह हुनसक्ने देखिएको छ ।