काठमाडौं दक्षिणपश्चिम भागेस्थित मत्स्यनारायण मन्दिरमा एक महिने धार्मिक मेला शुरु भएको छ ।
चन्द्रागिरी नगरपालिका–९ मा रहेको मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम महिना शुरु भएसँगै धार्मिक मेला लाग्ने गर्छ ।
एक महिने धार्मिक मेला शुरु भएसँगै आइतबारदेअि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
मन्दिरसँगैको कुण्डमा स्नान गर्दा घाउ, खटिरा छालाको रोग निको हुने धार्मिक मान्यता रहेको छ ।