काठमाडौं

काठमाडौंको त्रिपुरेश्वरमा रोकिरहेको अवस्थामा यात्रुवाहक बसमा आगलागी भएको छ । 

ऋद्धिसिद्धि यातायातको नम्बर बा ५ ख ४२७४ को बसमा सोमवार मध्यान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागभन्दा अगाडि स्टपमा रहेको अवस्थामा आगलागी भएको हो ।

आगलागीबाट बस पूरै जलेको छ। आगलागीको बेला बसभित्रै रहेका चालक काभ्रे, पनौतीका २५ वर्षीय दावा लामा घाइते भएका छन् । जलेर अचेत अवस्थामा रहेका लामालाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।  बसमा आगलागीको कारण अहिलेसम्म एकीन नभएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।