काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई जना बालबालिकाको निधन भएकाे छ।


भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ का ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको निधन भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे हाे । विद्यालयबाट घर फर्किरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई कारले ठक्कर दिएको थियो ।

साेही ठक्करबाट गम्भीर घाइते भएका सायना र उलियमको उपचारका क्रममा शनिबार बिहान निधन भएकाे प्रहरीले बताएकाे छ ।