काठमाडौं प्रतिपक्ष राजनीतिक दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दावी गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले दावी गर्नुभएको हो । अध्यक्ष राईले मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको भन्दै कटाक्ष गर्नुभयो । अध्यक्ष राईले पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महंगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेकोप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
अध्यक्ष राईले सरकारले आवास बनाएर जनतालाई हस्तान्तरण गर्ने कुरा आपत्तिजनक रहेको बताउनुभयो । सरकार व्यापारी नभई जनतालाई सेवा सुविधा दिने निकाय भएकाले त्यस्तो काम बजेटमार्फत आउन आपत्तिजनक रहेको उहाँको तर्क छ ।