काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत २४ घण्टामा एक हजार ७ सय ७३ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ ।
कार्यालयले जसबाट राज्यकोषमा ६ लाख ४४ हजार ५ सय २ रुपैयाँ राजस्व दाखिला भएको जनाएको हो ।
मादकपदार्थ सेवन गरेका १ सय, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय १८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय ३७ जनालाई कारबाही गरिएको छ ।
त्यसैगरी, लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय २०, एकतर्फी सडकमा सवारी चलाउने ९१ र अन्य सवारी नियम पालना नगरेका ८ सय जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको हो ।