काठमाडौं ।

मुलुकको नेतृत्व समाले लगत्तै सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वर्तमान सरकारले विभिन्न सन्दर्भ तथा पर्वमा दिइँदै आएको बिदा भने घटाउने योजना बनाएको छ । 

सरकारले त्यसको लागि अध्ययन कार्यदल नै बनाउने भएको छ । विभिन्न बिदा कटौती गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको संयोजकमा कार्यदल बनाउन लागेको हो । मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा सोमबार बसेको बैठकले विभिन्न बिदा कटौती गर्न कार्यदल बनाउने निर्णय गरेको हो ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य राखिने भएको छ । कार्यदललाई अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने गरी १५ दिनको समयसीमा तोकिएको छ । ००००