काठमाडौं ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोली मुस्ताङको लोमान्थाङ पुगेको छ ।
चिनियाँ राजदूतसहितको सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार लोमान्थाङ पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभएको छ । चिनियाँ राजदूतसहितको टोली कोरला नाकाको वस्तुस्थिति बुझ्न लोमान्थाङ पुगेको हो । चिनियाँ टोली लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएको छ । केरुङ नाका बन्द हुँदा कोरला पुनः सञ्चालनको माग भइरहेको छ । यस्तो अवस्थमा भएका चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।