काठमाडौं ।
भोटेकोशी र त्रिशूली नदीमा आएको महाविपत्ति र यसको जलवायु परिवर्तनसँगको सम्बन्धबारे अध्ययन गर्न गठित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभउको छ । रोल...
सभामुख डोलप्रसाद अर्यालले नव–निर्वाचित सभापति पराजुलीलाई बुधवार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । हिमाली क्षेत्रको विपत्तिलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै सभापति पराजुलीले विगत ५ सय वर्षमा नदेखिएको प्रकृतिको महाविपत्ति नेपालले भोग्नुपरेको बताउनु भयो । जलवायु परिवर्तन र नेपालको विपद् व्यवस्थापनबीचको सम्बन्धलाई थप स्पष्ट पार्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको ‘जलवायु न्याय’ को मुद्दालाई अब व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
समितिले विपद्को पूर्वतयारी, राहत, उद्धार र सीमापार समन्वयका विषयमा गहिरो अध्ययन गर्नेछ । जलवायु परिवर्तनका कारण सिर्जित जोखिम न्युनिकरणका लागि विकासका अवधारणा र पूर्वाधार निर्माणमा कस्तो परिवर्तन आवश्यक छ भन्ने विषय समितिको मुख्य प्राथमिकतामा रहनेछ । साथै, सङ्घीयताको मर्मअनुसार स्थानीय तहसम्म रहेका विपद् व्यवस्थापन संयन्त्र र स्रोतको प्रभावकारी परिचालनबारे पनि समितिले विश्लेषण गर्नेछ ।