काठमाडौ  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसका नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समय लिएर बोल्दै उहाँले सो आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाउनुभएको हो । उहाँले सो प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।

नेता केसीले भन्नुभयो, ‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृ्रत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाई सकिएको छ ।

तर उक्त दस्तावेज अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरुलाई उपलब्ध गराईसोस भन्ने माग गर्दछु ।उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरुको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।