काठमाडौं ।

दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ । रोल...

जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि कतिपय उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साटिदिएको उपभोक्ताले गुनासो गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आइतबार घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन् । सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । तर, भरिएको ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्नेछ । संघले उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ ।

कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ । त्यस्तै, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि सेवा उपलब्ध गराइएको छ । ग्यास वितरणका लागि बिहान ९ः३० देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गरिएको हो ।