काठमाडौं ।
जीवन गुजाराको लागि संगीत प्रस्तुत गर्दै सडक पेटीमा बस्न पानुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका दृष्टिविहीनहरुले शुक्रबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
सरकारले उचित व्इवस्थापन नगरी सडकबाट हटाएपछि दृष्टिविहीनहरुले १२ दिन अघिदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्नुपर्ने र योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने उनीहरुको भनाई छ । दृष्टिविहीनहरुले सामाजिक सुरक्षा भत्ता बढाउन समेत माग गरेका छन् ।