काठमाडौं देशभरका सुकुम्वासीले सरकारविरुद्ध बुटवलमा सशक्त प्रदर्शन गरेका छन् ।
जीवन धान्नका लागि मुलुकको विभिन्न ठाउँमा सार्वजनिक जग्गामा आश्रय लिइरहेकाहरुलाई बलजफती रुपमा हटाएपछि सरकारविरुद्ध प्रदर्शन शुरु भएको हो । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा आइतबारदेखि प्रदर्शन शुरु भएको हो ।
सरकारले गरिबका झुप्रामा डोजर चलाएर आतंक मच्चाएको सुकुम्वासीहरुले आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री बनेपछि मुलुकको विभिन्न ठाउँमा नदी किनार तथा सार्वजनिक जग्गामा बसेकाहरुलाई वैकल्पिक व्यवस्था नदिइ हटाउन थालिएको हो । सरकारले वैकल्पिक व्यवस्था नदिई बस्ती हटाउने अभियान चलाउँदा देशभर १२ लाखभन्दा बढी परिवार प्रभावित भएका छन् ।