काठमाडौं। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले धानखेत जोगाउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उहाँले धान खेत मासिँदै गएकोले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको हो । प्रविधि जतिसुकै विकास भएपनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने भन्दै उहाँले धानखेत संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । धानखेत मासिनु सबैको साझा चिन्ताको विषय हुनुपर्ने उहाँको भनाई छ । प्लटिङ, जलवायु परिवर्तन, बसाइँसराइ लगायतका कारण धानखेत मासिँदै गएको उहाँले बताउनु भयो ।
उहाँले नेपाल आयातित खाद्यान्नमा बढ्दो निर्भर बन्दै गएकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । आयात सहज रहेसम्म समस्या नदेखिएपनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण आयात प्रभावित भएमा नेपालीको थाली नै रित्तिन सक्ने जोखिम रहेको उहाँको भनाई थियो । उहाँले खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय धानभन्दा बढी आम्दानी दिने बालीतर्फ किसान आकर्षित हुँदै गएको अवस्थाले पनि भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिन सक्ने बताउनु भयो । किसान मकै, उखु तथा अन्य नगदे बालीतर्फ लाग्दै गएकाले धानखेतीको क्षेत्र घटिरहेको उहाँको भनाइ थियो । उहाँले धानका स्थानीय तथा परम्परागत जातहरू हराउँदै गएको उल्लेख गर्नुभयो । पहिले एउटै किसानले जमिनको अवस्था, पानीको उपलब्धता र मौसमअनुसार पाँच–पाँच वटा धानका जात लगाउने गरेको स्मरण गर्दै उहाँले स्थानीय जात नष्ट भएमा बजारले त्यसको विकल्प उपलब्ध गराउन नसक्ने बताउनु भयो ।
सचिव मिश्रले नेपालमा धानको औसत उत्पादकत्व प्रतिहेक्टर चार टनको हाराहारीमा मात्र रहेको बताउनु भयो । विकसित मुलुकले आठदेखि १० टनसम्म उत्पादन गरिरहेको उहाँको भनाई छ । नेपालले पनि उत्पादकत्व दोब्बर बनाउन सके धान उत्पादनमा आत्मनिर्भर मात्र नभई पर्याप्त हुने उहाँले बताउनुभयो । उहाँले दुई बाली धान खेती गर्नुपर्नेमा जोड दिनुभयो । चैते धानको खेती विस्तार गरी एक लाखदेखि दुई लाख हेक्टरसम्म पु¥याउन सके देशलाई चामल आयात गर्न नपर्ने