काठमाडौं  सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा नियुक्त हुनुभएको छ ।
राष्टपति रामचन्द्र पोडेलले शर्मालाई मंगलबार साँझ प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।

संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाई समितिबाट अनुमोदनपछि शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरिएको हो ।

नवनियुक्त प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण आजै साँझ गरिएको छ । नवनियुक्त प्रधानन्यायाधीश शर्माले शपथ लगत्तै आजै कार्यभार समाल्ने सर्वोच्च अदालतका प्रवक्ताले जनाउनुभएको छ ।