काठमाडौं नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्दै समिति सभापति आशिष गजुरेलले उक्त निर्देशन दिनुभएको हो ।
समिति सभापति गजुरेलले कुनैपनि बहानामा अब सुरुङमार्ग सञ्चालनमा ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले पूर्वनिर्धारित समयमै परियोजना सञ्चालन गर्न नसकिएकोप्रति पनि असन्तुष्टी जनाउनुभएको छ ।
परियोजनाले २०८२ साल माघमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएपनि फेरि आगामी साउनको दोस्रो हप्तामा भाका सारेको उहाँले बताउनुभयो । उहाँले आफँै सीमा तोक्ने र आफैँ ६ महिना ढिला गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताउनुभएको छ ।
सभापति गजुरेलले विगतका कमजोरीलाई पाठका रूपमा लिँदै आगामी दिनमा योजना व्यवस्थापन र कार्यान्वयनमा सुधार गर्न आयोजनालाई निर्देशन दिनुभयो । सोमबार सुरुङमार्गको अनुगमन गर्न समितिको प्रतिनिधि निर्माण स्थल पुगेको थियो । समितिलाई नागढुंग्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्गका बारेमा जानकारी गराउनुभएको छ।