काठमाडौं
वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।
वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आईतवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सिमित राखिएको बताउनु भयो ।
हाँले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि–क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिनुभयो । उहाँकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईककमा पु¥याउन सहयोग पुग्नेछ । उहाँले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताउनु भयो ।सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानूनी सुधार गर्न प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
उहाँले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो । साथै, युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवद्र्धनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता पनि उहाले औंल्याउनु भयो ।
विभागले नेपालमा रहेका वानस्पतिक सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखिकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ । हाल ६ सय ५८ वटा प्रजातिका वनस्पतिहरुको अभिलेखिकरण भइसकेको विभागले जनाएको छ ।