काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुको विकल्प नभएको बताउनुभएको छ 

।बुधवार बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष लिङदेनले मुलुकमा देखिएका विभिन्न विवाद र धार्मिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनु पर्ने बताउनुभएको हो । वर्तमान संविधान र यसले अख्तियार गरेका कतिपय नीतिहरू नै अहिलेको समस्याको जड भएको उहाँले दाबी गर्नुभएको छ ।

उहाँले २०६२÷६३ को आन्दोलनपछि मुलुकमा जबरजस्ती भित्र्याइएका कतिपय अवधारणाहरूलाई सच्याउनुपर्ने बेला आएको उल्लेख गर्दै राप्रपाले सडक र संसद दुवै ठाउँबाट हिन्दु राष्ट्रको मुद्दालाई सशक्त ढङ्गले उठाउने बताउनु भयो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक सहिष्णुताको अनुपम नमूना भएको स्मरण गराउँदै उहाँले धर्मको नाममा भइरहेका विवादहरूले सामाजिक सद्भावमा खलल पु¥याएको बताउनु भयो ।

सुनसरीमा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त घटनाको निन्दा र भत्र्सना गर्नुभयो ।