परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवा बीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवा बीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

नयाँदिल्लीस्थित नेपालको दूतावासले भेटका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, राजनीतिक दलहरूबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने विषयमा छलफल भएको हो ।

भेटवार्तामा आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको र नेपाल–भारत सम्बन्धलाई बहुआयामिक रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको दूतावासले जनाएको छ। परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार भारतको औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको थियो ।

 उहाँको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय सहकार्य तथा क्षेत्रीय चासोका विषयमा उच्चस्तरीय भेटघाट र छलफल जारी रहने अपेक्षा गरिएको छ।