काठमाडौं

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आइतबार बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलका क्रममा पार्टी विवादको बारेमा गत शुक्रबार सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा विशेष महाधिवेशनबाट सभापतिमा चयन भएको गगन कुमार थापाले नै सबैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफूहरूको निष्कर्ष रहेको कांग्रेस नेता कुन्दनराज काफ्लेले बताउनुभएको छ् ।