काठमाडौं ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई मुद्दा अनुसन्धानका लागि अझै ६ दिन थुनामै राखिने भएको छ । 

सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई विशेष अदालतले मुद्दा अनुसन्धानका लागि अझै ६ हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले पूर्वअर्थमन्त्री पौडेललाई बिहीबार तेस्रो पटक थुनामै राख्न आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते पक्राउ गरेर मुद्दा चलाएको हो । पूर्वअर्थमन्त्री पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएर लगत्तै न्यायिक हिरासतमा राखिएको छ ।