काठमाडौं। जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्वगृहमन्त्रीद्य सुदन गुरुङ तथा रमेश लेखक लगायतलाई दोषी ठहराइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले बुधबार सार्वजनिक गरेको जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, रास्वपा सभापति लामिछाने पूर्वगृहमन्त्री लेखक लगायतलाई र दोषी ठहराइएको हो ।

आयोगले आन्दोलनमा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङ र त्यसबेलाका तत्कालीन प्रहरी महानिरीक्षक परशुराम खापुङ अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायतबाट गम्भीर रुपमा मानवअधिकार उल्लङ्घन गरेको ठहर गरेको छ ।

आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेसहितका सबैलाई ६ महिना कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न माग गरिएको छ ।