काठमाडौं


१३ दिनदेखि प्रहरी हिरासतमा रहनुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

जेनजी आन्दोलन प्रकरणमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेस नेता लेखकलाई सर्वोच्च अदालतको परमादेशपछि बिहीबार हाजिर जमानीमा छाडिएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जीउ धनजनको क्षति छानविन गर्न पूर्वन्यायधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले मुख्य दोषी ठहर गरेपछि ओली र लेखकलाई चैत १४ गते भक्तरबाटबाट पक्राउ गरिएको थियो । सर्वोच्चले ओली र लेखकलाई मुद्दा अनुसन्धानको लागि प्रहरी हिरासत म्याद नथप्न परमादेश जारी गरेपछि दुवै जना रिहा हुनुभएको हो । सर्वोच्चका न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै प्रहरी हिरासत म्याद नथप्न परमादेश जारी गरेको थियो । त्यही आधारमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहा गरिएको हो । ओलीलाई काठमाडौं प्रहरीले महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरबाटै बिहीबार पत्नी राधिका शाक्यको जिम्मा लगाएको छ । ओलीसँगै पक्राउ परेका कांग्रेस नेता लेखकलाई प्रहरी परिसरबाट छाडिएको छ ।