काठमाडौं
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
देउवा दम्पतीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै त्यसको अनुसन्धानको लागि पक्राउ पुर्जी जारी गरिएको हो । सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान प्रयोजनका लागि दुवै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको हो । पूर्वप्रधानमन्त्री देउवा दम्पती हाल नेपालबाहिर रहेका छन् ।