काठमाडौं  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुन नेकपा एमाले सदस्य बन्नुभएको छ ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । एमाले सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो । जननेता मदन भण्डारी पत्नी विद्याले राष्ट्रपति कार्यकाल सकिए लगत्तै पार्टी सदस्यता नविकरण गराउनु भएको थियो ।

तर तत्कालीन अवस्थामा प्रधानमन्त्री समेत एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भण्डारीको नवीकरण भइसकेको सदस्यता बदर गरिएको हो । सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ ।

पार्टी सदस्यता खोसिए पनि पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले नै भएको बताउँदै सक्रिय हुँदै भएको थियो । अब पार्टी सदस्यता नविकरण भएपछि पूर्वराष्ट्रपति भण्डारी अझ सशक्त रुपमा सक्रिय हुने वातववरण बनेको छ ।