काठमाडौं

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वैदेशिक ऋण लिन सरकारको गरेको निर्णयको विरोध गर्दै जवाफ माग गर्नुभएको छ । पार्टी कार्यसंयोजन समितिको बैठकपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दैै उहाँले यस्तो माग गर्नुभएको हो । करिब २८ अर्ब रुपैयाँ वैदेशिक ऋण स्वीकार गर्ने सरकारको निर्णयको विरोध गर्नुभयो । पुराना दलले मुलुकलाई ऋणमा डुबाए भन्दै ऋण नलिने वाचा गरेर आएको दलले सत्तामा आउनेबित्तिकै २८ अर्ब रुपैयाँ ऋण लिएको भन्दै उहाँले आश्चर्य प्रकट गर्नुभयो । नेता पुनले देशको आवश्यकताअनुसार ऋण लिनु स्वभाविक भएपनि त्यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ।

नेता पुनले पूर्वाधार निर्माण र रोजगारीको क्षेत्रमा ऋणको सदुपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।