प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण

काठमाडौं

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ ।

नवनिर्वाचित सभामुख अर्यालले आइतबार शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो । सोही अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो । सभामुख अर्यालले शपथ लगत्तै आइतबार नै सिंहदरबार पुगेर आफ्नो कार्यकक्ष समाल्नुभएको छ ।