काठमाडौं विपक्षी राजनीतिक दलका सांसदहरूको विरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धमा दिएको विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

संसदको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । यहि जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारतको सीमा भारतको तर्फबाट नभई नेपालको तर्फबाट समेत अतिक्रमण गरिएको अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएका छन् ।