काठमाडौं प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा र नियमावलीको पालना गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठक सञ्चालनका क्रममा प्रतिपक्षी सांसदहरूले सभाको स्थापित पद्धति विपरित व्यवहार गरेको भन्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसपश्चात प्रतिपक्ष दलहरुल सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकमा शहीदप्रति बेन्चबाटै मौन धारण समेत गरेका थिए। मौनधारणपछि सदनलाई सम्बोधन गर्दै अर्यालले प्रतिनिधिसभा नियमावली अनुसार बैठक सभामुखले सञ्चालन गर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराउनुभयो ।
सभामुख अर्यालले आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउन र सभालाई नियमानुसार मर्यादित ढंगले सञ्चालन गर्न सबै सदस्यहरूलाई सहयोगका लागि सचेत गराउनुभएको छ । संसदीय प्रणाली र स्थापित परम्पराको पूर्ण पालना गर्दै सदनको गरिमा उच्च राख्नुपर्नेमा जोड दिनुभयो ।