नियमावली संशोधन गर्न गणेश पराजुलीको संयोजकत्वमा सबै दल समेटेर १५ सदस्यीय मस्यौदा समिति बनाइएको हो । सोमबार बसेको सर्वदलीय बैठकपछि प्रतिनिधिसभा नियमावली संशोधन गर्न मस्यौदा समिति बनाइएको हो । मस्यौदा समिति गठन भए लगत्तै त्यसलाई रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले सोमबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नुभएको थियो । बुर्लाकोटीको प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको छ । समितिमा सांसदहरु ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई र निशा डाँगी रहनुभएको छ । समितिमा निश्कल राई, वलावती शर्मा, मधु चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखा कुमारी यादव र सुलभ खरेललाई पनि सदस्य राखिएको छ ।