काठमाडौं प्रतिनिधिसभा बैठक यही जेठ २५ गतेसम्मको लागि स्थगित गरिएको छ ।

विपक्षी राजनीतिक दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले यहि जेठ २५ गते बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो । बैठक शुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले विरोध जनाएका थिए । सभामुख अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

तर विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म संसद अघि बढ्न नदिने अडान लिएका हुन् । प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको भनि दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरुले संसदका दुवै सदनमा अवरोध गर्दै आएका छन् ।