काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके)राउतले जेनजी आन्दोलनको भावलाई नबिर्सन सत्तारुढ दल रास्वपालाई सुझाव दिनुभएको छ ।


चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राउतले आफू उक्त महाधिवेशनमा जेन–जी आन्दोनलबाट प्राप्त विश्वास नभूल्नका लागि रास्वपालाई सम्झाउन पनि महाधिवेशनमा सहभागी हुन आएको स्पष्ट पार्नुभयो । उहाँले आफूले आफनो पार्टीको देश बनाउने सपना पनि रास्वपाबाटै पूरा होस् भन्ने चाहेको जिकिर गर्नुभएको छ ।


अध्यक्ष राउतले रास्वपाले जेनजी आन्दोलनका शहीदहरुको सपनालाई पनि नबिर्सने विश्वास व्यक्त गर्नुभयो ।